प्रदेश २ मा ११७ संक्रमित थप

प्रदेश २ मा ११७ संक्रमित थप

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं २ मा पछिल्लो २४ घण्टाको अवधिमा ११७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धनुषामा २९ , पर्सामा १४ ,बारामा चार , महोत्तरीमा १० , रौंतहटमा १३ , सप्तरीमा ११ , सर्लाहीमा पाँच  र सिरहामा ३१ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

यस प्रदेशमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या एक हजार नौं जना छन् भने अहिलेसम्ममा सङ्क्रमणबाट १७ हजार ५८१ जना उपचार गराइ निको भएर घर फर्केका छन् ।

यसैगरी प्रदेशमा १६५ जनाको सङ्क्रमणको कारण मृत्यु छ ।  होम आइसोलशनमा ९८६, सघन कक्षमा उपचार कक्षमा ४३ र भेन्टिलेटरमा १२ जनाको उपचार भइरहेको जनाइएको छ  ।

Logo