रिङको ‘हिरो’, घरको ‘भिलेन’: श्रीमतीको हत्या गरेको अभियोगमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ

रिङको ‘हिरो’, घरको ‘भिलेन’: श्रीमतीको हत्या गरेको अभियोगमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ

केन्द्रबिन्दु
60
Shares

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियाोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पैँयुटार बस्ने ‘नेपाली ब्रो’ भनिने ४२ वर्षीय कुमार थापा छन् । उनले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएको छ । शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो ।

कुमार थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo