पटका आयात रोक्न कञ्चनपुरका सीमामा कुकुर परिचालन

पटका आयात रोक्न कञ्चनपुरका सीमामा कुकुर परिचालन

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर ।

तिहारका लागि भारतबाट लुकिछिपी अवैध रुपमा पटाका लगायतका विष्फोटक पदार्थ भित्र्याउन नदिन कञ्चनपुर प्रहरीले तालिम प्राप्त कुकुर सहित प्रहरी परिचालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले तिहार र छठ पर्वमा भारतीय बजारहरुबाट पटाकाहरु ल्याउन नदिन र सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर धनगढीबाट तालिम प्राप्त कुकुर मगाएर सीमा, बजार र बसपार्क क्षेत्रमा खटाइएको जानकारी दिए ।

“सीमाबाट पटाकाहरु भित्रिने सम्भावना रहने हुँदा हामीले हरेक दिन बिहान, दिउँसो र साँझ गरेर विभिन्न समयमा कुकुर परिचालन गरी जाँच गर्छौ”, प्रवक्ता थापाले भने, “ गड्डाचौकीनाकादेखि पुर्वी डोकेबजार सीमानाकासम्म परिचालन गरी कडाइ गर्छौं । भारतसित सीमाना जोडिएको कञ्चनपुरमा चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले यहाँ सीमामा पहिलो पटक तालिम प्राप्त कुकुरसहितको जनशक्ति परिचालन गरेको हो । यात्रुहरुलाई मात्रै नभई सवारी साधनहरुमा पनि कुकुरको सहायताले प्रहरीले जाँच गर्नेछ”, उनले भने, “ चाडपर्व लक्षित सुरक्षा योजना समेत बनाएर ग्रामीण र सीमानाकासम्म प्रहरी खटिएको छ ।”

जिल्ला प्रहरी कार्यालयको टोलीले एक साता अघि महेन्द्रनगर बजार क्षेत्रबाट रु डेढ लाख बराबरको ६ बोरा पटाका बरामद गरेको थियो ।रासस

Logo