युवतीद्वाारा युवतीमाथि चक्कु प्रहार

युवतीद्वाारा युवतीमाथि चक्कु प्रहार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । धरान, २७ मंसिर ।

सुनसरीमा एक युुवतीले अर्को युवतीमाथि चक्कुु प्रहार गरेकी छिन् । धरान उप–महानगरपालिका ९ मा मंगलबार अपरान्ह सवा ४ बजे पानीको विषयलाई लिएर विवाद हुँदा धरान उपमहानगरपालिका–२२ बस्ने २२ बर्षीय एल्जिना राईले र सोही ठाउँकी २८ बर्षीया इशा तामाङमाथि तरकारी काट्ने चक्कुले प्रहार गरेकी थिइन् ।

चक्कु प्रहारबाट इशा तामाङ घाइते भएकी थिइन् । चक्कुको प्रहार बाट इशाको दाहिने हातको नारीमा चोट लागेको थियो । उनको धरान उपचार भई रहेको छ जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

चक्कु प्रहार गर्ने राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Logo