बागमती । हेटौँडा उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका छाडा छोडिएका कुकुरको स्थायी बन्ध्याकरण शिविर तथा रेबिज रोगविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
यही असार ८ गतेदेखि १० गतेसम्म हेटौँडाको थानभर्याङस्थित प्रादेशिक कृषि थोक बजार केन्द्र परिसरमा शिविर सञ्चालन गर्न लागिएको उपमहानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटाले जानकारी दिए ।
उनका अनुसार उपमहानगरको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार सामुदायिक कुकुरको प्रजनन दर कम गर्ने तथा रेबिज नियन्त्रण कार्यमा सहयोग पुर्याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।
उपमहानगरले दुुई वर्षअघि पनि यस्तै किसिमको शिविर सञ्चालन गरेकोमा करिब २५० वटा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको थियो ।
कार्यक्रमका लागि कुकुर नियन्त्रण गर्न आउने टोलीललाई सहयोग पुर्याउन उपमहानगरपालिकाले सबै स्थानीयवासीलाई आग्रह गरेको छ ।





























प्रतिक्रिया