गाडी दुर्घटनामा स्वर्गद्वारीका उपप्रमुख राना अचेत !

गाडी दुर्घटनामा स्वर्गद्वारीका उपप्रमुख राना अचेत !

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना सवार गाडी दुर्घटनामा परेको छ ।

शनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका–२ खाला भन्ने स्थानमा धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको सरकारी गाडी आफैं अनियन्त्रित भई करिब ५०० मिटर तल भीरमा खसेको हो । जसमा उपप्रमुख राना सवार थिए ।

५० वर्षीय रानाको अवस्था अहिले अचेत रहेको प्रहरीले जनाएको छ। उनको उद्धार कार्य हुँदैछ ।

Logo