काठमाडौं । श्रीमती हत्या प्रकरणमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले कर्तव्य ज्यान मुद्दामा उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
नेपाली सेनाका सुवेदारसमेत रहेकी थापा पत्नी ईश्वरी भुजेलको २२ जेठ राति साढे ९ बजे चक्कु प्रहार गरी हत्या भएको थियो । लगत्तै अनुसन्धानका लागि थापा पक्राउ परेका थिए ।
यो प्रकरणमा पक्राउ परेका नेपाली ब्रोका भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्रीलाई भने १ लाख धरौटीमा छाड्न आदेश दिइएको छ ।






























