काठमाडौं । सरकारले सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ ।
कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले खुला प्रतिस्पर्धाबाट त्रिभुवन विश्वविद्यालयसहित सात वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् । जसअनुसार त्रिभुवन विश्वविद्यालयमा प्रा. डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका छन् ।






























