काठमाडौं । बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी आवागमन बन्द भएको छ ।
अविरल वर्षासँगै रोशी र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएका कारण बीपी राजमार्गमा सवारी होल्ड गरिएको हो । सडकको अवस्था सामान्य नभएसम्म सवारी सञ्चालन नगरिने प्रहरीले जनाएको छ ।






























