काठमाडौं । सार्वजनिक स्थलमा एक महिलालाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
ललितपुरको महालक्ष्मी नगरपालिका–२, इमाडोलस्थित महिलालाई आफ्नो गोप्य अङ्ग देखाउने बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भएका ५५ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका हुन् । उनी सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको छ।
हाल भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






























