आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ ।

विर अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि मृत्यु भएको हो । मुगुको सोरु गाउँपालिका–१ काका उनले हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए ।

नेपालीको शरीरको ५५ प्रतिशत भाग जलेको थियो । आगोले अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्‍याएकाले उनलाई बचाउन निकै चुनौतीपूर्ण रहेको उपचारमा संलग्न चिकित्सकहरूले यसअघि नै जनाएका थिए ।

Logo