काठमाडौं । काठमाडौंको बुद्धनगरमा अर्का एक व्यक्तिले आफैंलाई आगो लगाएका छन् । आगो लगाएको खबर पाएलगत्तै घाइते ४५ वर्षीय अश्विन राउतलाई काठमाडौं प्रहरीको टोलीले उनलाई वीर अस्पताल पुर्याएको एसपी पवन भट्टराईले जानकारी दिए ।
उनको छोरासँग केही विषयमा विवाद भएको प्रारम्भिक जाँचमा खुलेको छ । घरमा श्रीमती र छोरासहित उनी बस्दै आएका थिए । छोरा र श्रीमती नभएका बेला भान्छा कोठामा गएर उनले आफैंलाई आगो लगाएका थिए ।






























