चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा

चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

सशस्त्र प्रहरी बलले कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट घर भई हाल चन्द्रागिरि नगरपालिका–४ नैकाप बस्ने २४ वर्षीया सुमित्रा राईलाई आज नियन्त्रणमा लिएको हो ।

देउलाले लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपालको टोलीले १५ हजार क्याप्सुल ट्रामाडोलसहित उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । देउलाको कोठाबाट डाइजापम तथा फेरेनागन ट्याब्लेट एक हजार १८८ वटा, ट्रामाडोल तीन हजार ७७० वटा र पोलेन १५० वटासहित सुमित्रा राईलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सहप्रवक्ता थापाले जानकारी दिए ।

Logo