रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालीका ८ का ५५ वर्षीय पुरुष रहेका छन् । गत कात्तिक १ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएका उनको शुक्रबार बिहान ८ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
त्यस्तै कोरोना संक्रमणबाट सिरहामा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार सुखीपुर नगरपालिका–८ का ७० वर्षीय वृद्धको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।
मृतकलाई कात्तिक ३ गते उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । सोही दिन स्वाब लिइएको उनको भोलिपल्ट पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।





























प्रतिक्रिया