काठमाडौँमा तीनदिने स्वास्थ्य शिविर शुरु

काठमाडौँमा तीनदिने स्वास्थ्य शिविर शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँमा निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ ।  

मेडि नेपाल हेल्थ केयर प्रा.लि.को आयोजनामा काठमाडौंको कालोपुलमा २३ गतेदेखि ३ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । सबै मानिसको अस्पतालसम्म पहुँच नभएको र सानोतिनो समस्यामा अस्पताल नजाने चलन भएकाले नियमित चेकजाँच गर्ने र स्वास्थ्यको ख्याल राख्ने बानीको विकास गराउन स्वास्थ्य शिविर सञ्चालन गरिएको मेडि नेपाल हेल्थ केयर प्रा.लि.का सञ्चालक समिति सदस्य सुजन अधिकारीले जानकारी दिए ।

स्वास्थ्य शिविर माघ २५ गतेसम्म बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने अधिकारीले बताए । दुईजना वरिष्ठ डाक्टरहरुले चेकजाँच गर्ने उनको भनाई छ । स्वास्थ्य शिविरमा ब्लड प्रेसर, सुगर, ज्वरो, तौल लगाएत चेकजाँच गरिने जनाइएको छ ।

Logo