काठमाडौँ उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित भएका छन् ।
शनिबार आफ्ना ट्याक्सीसहित र्याली निकालेका व्यवसायीहरुले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन् । यस्तै व्यवसायीहरुले बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गरिनुपर्ने समेत माग गरेका छन् ।
वैज्ञानिक भाडादर कायम गर्दै राष्ट्रिय पूँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग उनीहरुको छ । राष्ट्रिय पूँजीको लगानी भएका ट्याक्सीको संरक्षण गरी व्यवस्थित गरिनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने र बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने लगायतका माग राख्दै शान्तिपूर्ण ट्याक्सी र्यालीको आयोजना गरिएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय अध्यक्ष पूर्णलाल मोक्तानले बताए ।
ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने अवैध गतिविधि बन्द गरिनुपर्ने माग समेत व्यवसायीहरुको छ । नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजित कार्यक्रम काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट र्याली सहित माइतिघर मण्डलामा भेला भई र्यालीको समापन गरिएको थियो ।































प्रतिक्रिया