कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा मुछिएका पूर्व एसपी दिल्लीराज विष्टको बयान सकिएको छ । विष्टविरुद्ध परेको मुद्दामा पक्षविपक्षीका कानुन व्यवसायीले थुनछेक बहस गरेका थिए । बहस सकिएपनि आदेश भने आईतबार मात्रै आउने अदालतले जनाएको छ ।
जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासमा बहस भएको थियो । जिल्ला दालत कञ्चनपुरका श्रेष्तादार हरिकृष्ण अवस्थीले समय अपुग भएकाले शुक्रबारै आदेश जारी गर्न नसकिएको जानकारी दिए ।
उक्त प्रकरणमा प्रमाण नष्ट गरेको तथा पक्राउ परेकाहरुलाई यातना दिएको अभियोगमा पूर्व एसपी विष्टसहित ८ प्रहरी अधिकारीविरुद्ध मुद्दा परेको थियो । जसमा ६ जना प्रहरी अधिकारी धरौटीमा रिहा भईसकेका छन् । भने सीआईबीका डिएसपी अंगुर जिसी अझै अदालतमा उपस्थित भएका छैनन् ।
प्रकाशित: ८ चैत २०७५ १८:४३ शुक्रबार