इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ

इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् ।

पश्चिम नवलपरासीमा इन्दिरा सुगर मिल र सर्लाहीमा अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी उद्योग राकेशको स्वामित्वमा  छ । त्रिपुरेश्वरस्थित घरबाटै उनलाई बुधबार पक्राउ गरिएको काठमाडौंले जानकारी दिएकाे छ ।

पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनकाे घरैबाट पक्राउ गरेकाे हाे । यसअघि २०७५ कात्तिकमा पनि उनी उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा पक्राउ परेका थिए ।

Logo