खुलामञ्चमा काठमाडौं महानगरले चलायो डोजर (फाेटाेफिचर)

खुलामञ्चमा काठमाडौं महानगरले चलायो डोजर (फाेटाेफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले खुलामञ्चभित्र बनाइएका संरचना हटाउन थालेको छ ।  

खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुनर्निर्माण गर्न निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारहरु अस्थायी रुपमा बस्दै आएका थिए । दुवै भवन निर्माण सम्पन्न भएपनि निर्माणकर्ताले निर्माण सामग्री र कामदार हटाएको थिएन । काठमाडौँ महानगरले खुलामञ्चभित्र भएको अतिक्रमण रोक्न नसकेको आरोप खेप्दै आएको थियो ।

आज बिहानबाट (बुधबार) महानगरले डोजर लगाएर त्यस भित्र रहेका घर टहरा साथै सबै संरचना भत्काउन थालेको छ । भत्काउने टोलीको संयोजन गरिरहेका काठमाडौँ महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्यालले ३ दिनभित्र खुलामञ्च खाली गरिने बताए । खुलामञ्चभित्र अहिले वीर अस्पताल बनाईरहेको चिनियाँ निर्माण कम्पनीको साइट कार्यालय र बसपार्क रहेको छ ।

Logo