सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

केन्द्रबिन्दु
0
Shares

जिल्लाको जलजला गाउँपालिका–८ खनियाँघाटमा ध१प ८९५८ नंको मोटरसाइकल दुर्घटना हुँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार साँघुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी बागलुङ नगरपालिका–२ का ३७ वर्षीय बाबुराम केसीको मृत्यु भएको छ । 

यसैगरी मोदी गाउँपालिका–५ अम्बोटस्थित पोखरा–बागलुङ  सडकखण्डमा म्याग्दीबाट पोखरातर्फ जाँदै गरेको ग३च १०९ नंको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

दुर्घटनामा परी म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ६५ वर्षीय भीमबहादुर पुन, सोही स्थानका ३० वर्षीय विशाल गर्बुजा र ३० वर्षीय ताराबहादुर गर्बुजा घाइते भएका हुन् । जीपमा चार जना सवार रहेकामा एक सकुशल रहेको र घाइतेको उपचारका लागि पोखरा लगिएको  जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

Logo