सवारी दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

सवारी दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

केन्द्रबिन्दु
0
Shares

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी चार घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको दाउन्‍नेमा बुधबार दिउँसो बस  अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा बसका चालकको मृत्यु भएको हाे । 

विनयी त्रिवेणी गाउँपालिका २ घ्यूखोलामा  ना६ख ५०३५ को बस आफैँ अनियन्त्रित भएर पल्टिँदा बसका चालक दाङ घोराही उपमहानगरपालिका १४ बस्‍ने ४० वर्षीय मोतीराम बुढाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

यस्तै बौदिकाली गाउँपालिका ६, कोटरथमा लु१ज ३३२९ नम्बरको जिप पल्टिँदा चार घाइते भएका छन् । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको बताइएको छ ।

Skip This
Skip This
Logo