जागरुक युवा समाज नेपालद्वारा आविष्कार केन्द्रलाई एक लाख सहयोग प्रदान

जागरुक युवा समाज नेपालद्वारा आविष्कार केन्द्रलाई एक लाख सहयोग प्रदान

केन्द्रबिन्दु
0
Shares

जागरुक युवा समाज नेपालद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख सहयोग प्रदान गरिएको छ । 

शुक्रबार कतारमा रहेका नेपालीहरुद्वारा संकलित रकम केन्द्रका अध्यक्ष महावीर पुनलाई हस्तान्तरण गरिएको हो । 

रकम हस्तान्तरण कार्यक्रममा जागरुक युवा समाजका सदस्यहरुको उपस्थिती रहेको थियो । सहयोग रकम हस्तान्तरण समितिमा संयोजक दिपक ढकाल रहेका छन् । सदस्यहरुमा संजिवकुमार रंजितकार, विनोद सुवेदी, देवलाल श्रेष्ठ, महेश्वर नेपाल, आशिष उपाध्याय, चेतन प्रसाईं र प्रदिप गिरी लगायत छन् । 

आगामी दिनमा पनि यस्तो सहयोग जारी रहने संस्थाले जनाएको छ । केन्द्रलाई गरिएको सहयोगप्रति महावीर पुनले सबैलाई धन्यवाद दिएका छन् ।

Skip This
Skip This
Logo