प्रधानमन्त्रीले गरे सन्थाल एकीकृत बस्तीको शिलान्यास

प्रधानमन्त्रीले गरे सन्थाल एकीकृत बस्तीको शिलान्यास

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मोरङको उर्लाबारीमा निर्माण हुन लागेको सन्थाल एकीकृत बस्तीको शिलान्यास गरेका छन् । 

शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ मोरङमार्फत ३० करोडको लागतमा बन्ने सो बस्तीमा १३२ घर हुनेछन् । भूमि तथा घरबारविहीन अतिविपन्न सन्थाल र उराँव समुदायलाई बसोबास दिन उक्त परियोजना शुरु गरिएको हो । 

उर्लाबारी–९ स्थित रातोहोली खोल्सी किनारको जग्गालाई नगरबाट सन्थाल एकीकृत बस्ती विकास गर्ने निर्णय अनुसार परियोजना शुरु गरिएको नगरप्रमुख खडक फागोले बताए । उनका अनुसार ३१ हजार ७६८ वर्गमिटर जग्गामा निर्माण हुने बस्तीमा १०६ सन्थाल र २६ उराँव समुदायलाई घर दिइने छ । 

बस्तीमा एक परिवार बसोबासका लागि चाहिने न्यूनतम २०० कोठा, एक भान्साघर, एक शौचालयसहित सडक, खानेपानी, मनोरञ्जनस्थल, खोल्सी संरक्षण, बाल विकास केन्द्र, सामुदायिक भवन लगायतका संरचना निर्माण हुनेछन् ।रासस

Skip This
Skip This
Logo