नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ३८१ जना पुगेको छ । आज ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ७६६ जना रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६०५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। त्यस्तै मन्त्रालयले आज यस अघि मृत्यु भएका २३३ जनाको तथ्यांक अपडेट गरेको छ । यो सँगै कूल मृत्यु हुने संक्रमितको संख्या ३ हजार १० पुगेको छ ।
नेपालमा हालसम्म २१ लाख ७३ हजार ५११ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ३९९ जनाको परीक्षण गरिएको छ ।





























प्रतिक्रिया