नेपालमा फेरि पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार हाल प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरूमा सामान्यतया मौसम सफा रहने छ। देशका पहाडी भूभागहरुका एक, दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
आज राति भने देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागहरुका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।





























प्रतिक्रिया