मोरङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोरङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मोरङको सुन्दरहरैँचामा आज बिहान माइक्रो बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अरू दुई जना गम्भीर घाइते भएका छन् ।

मध्याली पुलनजिकै हायस माइक्रो र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस माइक्रो र प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको हाे । 

प्रहरीका अनुसार दुर्घटनामा माइक्रोका चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका अन्दाजी १८ वर्षीय उत्सव गिरी घाइते भएका छन् । माइक्रोमा सवार १२ जना यात्रु भने उनीहरू सकुशल रहेका छन् ।

Logo