पेस्तोलसहित दुई जना पक्राउ

पेस्तोलसहित दुई जना पक्राउ


नवलपरासीको कावासोती नगरपालिका-१६ चालिसकिलो जंगलस्थित सडकबाट १ थान पेस्तोलसहित गोरखा चुमनुब्री गाउँपालिका-३ बस्ने २ जना १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले ना.५ ख ६५६३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो ।
 

Logo