बारा । जीतपुर सिमरा उपमहानगरपालिका-२ स्थित सडकबाट नियन्त्रित लागूऔषध १ हजार ५ सय ट्याब्लेट नाईट्राभेट, ८५० पिस नुर्फिन, ८५० पिस फेनारगन र ८५० पिस डाईजेपाम सहित गरुडा नगरपालिका-८ बस्ने २७ वर्षीय हरि रामलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको ना.६ ख ८९३८ नम्बरको बसमा सवार उनलाई जाँच गर्दा झोलामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।































प्रतिक्रिया