सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । आइतबार दिउँसो करिब १२ः४० बजे बम विष्फोट भएको र करिब आधा दर्जन मानिस घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ।
विष्फोटबाट मालपोत कार्यालयमा आगलागीसमेत भएको छ । घटना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् । विष्फोट कसले गराएको भन्ने बारे कुनै जानकारी आएको छैन ।































प्रतिक्रिया