हनुमन्ते खोला करिडोरमा डोजर चलाइएपछि स्थानीयको आपत्ति

हनुमन्ते खोला करिडोरमा डोजर चलाइएपछि स्थानीयको आपत्ति

केन्द्रबिन्दु
0
Shares

हनुमन्ते खोला करिडोरमा रहेका भौतिक संरचना हटाउन डोजर चलाइएपछि स्थानीयले आपत्ति जनाएका छन् ।

आइतबार हनुमन्ते खोला करिडोरभित्र पर्ने केही भौतिक संरचनामाथि डोजर चलाइएको थियो । यस क्षेत्रमा अवस्थित साख मेटल एण्ड ऐलाइड ईन्डष्ट्रिज र नेपाल पेन्ट ईन्डष्ट्रिज प्रालिको उद्योग लगायतका भौतिक संरचनामा माथिको आदेश भन्दै डोजर चलेपछि स्थानीयले आपत्ति जनाएका हुन्। 

सूर्यविनायक नगरपालिकाले सात दिनभित्र उक्त स्थानबाट उद्योग हटाउन परिपत्र गरेको भएपनि सात दिनभित्र उद्योग हटाउन नसकिने भन्दै उद्योगलाई यथावत् राखिएको थियो। ४० वर्ष पुरानो उद्योगको संरचना ७ दिनभित्र हटाउन सम्भव नभएको र कुनै पत्र जानकारी बिना उद्योगमाथि डोजर चलाइएको साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिजका प्रोपाइटर विश्व साखले बताए।

विकासको नाममा किसानलाई सुकुम्बासी बनाउन लागिएको स्थानीयले बताएका छन् । यसरी भत्काउँदा किसानको हजारौँ रोपनी जग्गा नाश हुने भन्दै सरकारले क्षतिपूर्ति दिनुपर्ने माग स्थानियको छ । स्थानीय सरकारले समेत बेवास्ता गरि जर्बजस्त डोजर चलाइएको हनुमन्ते खोला करिडोर पीडित समितिका संयोजक ओम श्रेष्ठले बताए।

स्थानीयले आफूहरु विकास विरोधी नभएको भन्दै विकासको नाममा स्थानीयको विनाश गर्न नहुने बताएका छन् । सम्बन्धित निकायले उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरुको भनाइ छ । 

Skip This
Skip This
Logo