राष्ट्रपति भण्डारीले लगाइन् कोरोनाविरुद्धको खोप

राष्ट्रपति भण्डारीले लगाइन् कोरोनाविरुद्धको खोप

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाएकी छिन्। दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनले कोरोनाविरुद्धको खोप लगाएकी हुन् । 

खोप लगाएपछि राष्ट्रपति भण्डारीले भनिन्, 'विश्व नै कोरोना महामारीबाट आक्रान्त भइरहेको अवस्थामा वैज्ञानिकहरुले लामो समय अध्ययन गरेर कोरोना विरुद्धको खोप ल्याइ परीक्षण गरी नेपालमा पनि उपलब्ध भएको छ। नेपाल सरकारले पनि समयमा नै खोप ल्याएर चरणबद्ध रुपमा नागरिकले लगाइ रहेकाछन् । र सरकारको पनि जनताको जीवन रक्षा पहिलो प्राथमिकता भएकाले छिमेकी राष्ट्रबाट सहयोग तथा खरिद गरेर खोप ल्याएको छ।' 

छिमेकी राष्ट्र बंगलादेशको भ्रमण गर्नु पर्ने भएकाले यस्तो अवस्थामा कोरोना विरुद्धको खोप नलगाई जाँदा विभिन्न  मिश्रित प्रतिक्रिया आउने भएकाले खोप लगाएको उनले बताइन् ।

सरकारले गत फागुन २३ गतेदेखि ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउँदै आएको छ। फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। यस अघि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, पत्रकार, निजामति कर्मचारी लगायतले पनि कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

Skip This
Skip This
Logo