नेपालमा आज ११४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज ११४ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ जना पुगेको छ। आज ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या ९१५ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ४९५ पुगेको छ। 

पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ । नेपालमा हालसम्म २२ लाख २१ हजार ५१२ जनाको पीसीआर परीक्षण गरिएको छ। 

Skip This
Skip This
Logo