सामुहिक आत्महत्या प्रकरण : दश दिनपछि कर्णाली किनारमा रजनीको शव भेटियो

सामुहिक आत्महत्या प्रकरण : दश दिनपछि कर्णाली किनारमा रजनीको शव भेटियो

केन्द्रबिन्दु
0
Shares

आठबीस नगरपालिका–३ दैलेख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ ।

गत फागुन २४ गते रजनी, उनकी आमा सुकी बडुवालसहित एकै परिवारका पाँच जनाले कर्णाली नदीमा हामफालेका थिए । रजनीको शव मङ्गलबार दैलेख प्रहरीले कर्णाली नदी किनारमा अछामको असाराघाट नजिकै भेटेको हो।

बालिकाको शव डोरीले बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्लाप्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षकले सडिसकेको अवस्थामा शव भेटिएको र आफन्तले शवको पहिचान गरेपछि परीक्षणका लागि अछाम पठाउने तयारी गरिएको जानकारी दिए। 

३५ वर्षीय आमा सुकु, १४, ११ र ५ वर्षीया छोरीहरू कल्पना, सरिता र रजनी तथा ८ वर्षीय छोरा ललितले कर्णाली नदीमा हामफालेका थिए । आमा सुकीसहित दुई दिदी र दाइको शव फागुन २५ गते भेटिएको थियो । चारै जनाको दाहसंस्कार भइसकेको छ ।रासस

Logo