पश्चिमी वायुको प्रभाव कायमै, मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम बद्ली हुने भएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशभरिको मौसम बद्ली हुने महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको छ । केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि मौसमविद्हरुले जनाएका छन् । 

आज राति प्रदेश १ को पहाडी भागमा आंशिकदेखि सामान्य बद्ली रही देशका केही ठाउँमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। 

Logo