संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरिएको छ। नगेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठान विराटनगरले शनिबार काठमाडौंमा कार्यक्रम गरी जोशीलाई सम्मान गरेको हो।
नेपालमा भाषा साहित्य र संस्कृति संरक्षण तथा सम्बर्धनमा योगदान पुर्याएबापत संस्कृतिविद् जोशीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको हो। उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर गंगाप्रसाद उप्रेतीले सम्मान गरेका हुन् । उनले जोशीले भाषा साहित्य र संस्कृति संरक्षणको क्षेत्रमा अतुलनीय योगदान दिएको भन्दै प्रसंसा गरे।
त्यसैगरी नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले भाषा साहित्य र संस्कृति संरक्षण तथा सम्बर्धनमा योगदान पुर्याउनेलाई सबैले सम्मान गर्नुपर्ने बताए। संस्थाका सचिव तथा वरिष्ठ साहित्यकार दधिराज सुवेदीले संस्था गठन र गतिविधिका विषयमा जानकारी गराएका थिए।





























प्रतिक्रिया