महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।
महाशाखाको पीडित सहायता ईकाइबाट खटिएको टोलीले नुवाकोटका ३० बर्षे बिमल गुरुङ्ग र मोरङ्ग बेलबारी घर भई गोलढुङ्गा बस्ने आशिष खत्रीलाई मोटरसाईकल सहित पक्राउ गरेको हो । उक्त मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी प्रयोग गरेको अवस्थामा पक्राउ गरेको हो ।
महाशाखाले दुई हप्तामा चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर गरी ३० वटा मोटरसाइकल खोजतलास एवं बरामद गर्न सफल भएको छ ।
उक्त चोरी भएका मोटरसाइकलहरू उपत्यका र आसपासका विभिन्न स्थानबाट बरामद गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सोमबार सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएका हुन् ।





























प्रतिक्रिया