मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।
मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।
तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
पाण्डेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ ।































प्रतिक्रिया