नेपालमा आज १५६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

नेपालमा आज १५६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ६६५ जना पुगेको छ। आज १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार २९९ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ। 

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ। नेपालमा हालसम्म २२ लाख ५६ हजार ३०० जनाको पीसीआर परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo