आजको मौसम : मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आजको मौसम : मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले देशका पहाडी भागहरुमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। देशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। 

Logo