प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द


वायु प्रदूषणका कारण भिजिबिलिटी कम भएपछि त्रिभुवन विमानस्थल बन्दा भएकाे छ । वायु प्रदूषणबाट आन्तरिक तथा बाह्य उडान र अवतरण प्रभावित बनेको ह। विमानको उडान-अवतरणका लागि कम्तीमा १६ सय मिटर भिजिबिलिटी हुनुपर्ने भए पनि एक हजार मिटरमात्रै हुँदा शनिबार बिहानैदेखि उडान प्रभावित रहेको त्रिभुवन विमानस्थलले जनाएको छ।

सामान्य अवस्थामा बिहान ६ बजेदेखि नै उडान तथा अवरण हुने गरेकोमा शनिबार विमानस्थल ठप्प छ । भिजिबिलिटी नहुँदा मेलसियाको क्वालालम्बपुरबाट आएको हिमायलन एअरलायन्सको जहाज भारतको बनारस डाइभर्ट भएको छ ।  यस्तै मलेसियाबाट आएको नेपाल एअरलायन्स र दुबईबाट आएको हिलमायलन एअरलायन्सको विमान अहिले आकाशमा होल्ड रहेको छ। 

Logo