होलीमा झडप प्रकरण : २ काे मृत्यु, ३ जना घाइते

होलीमा झडप प्रकरण : २ काे मृत्यु, ३ जना घाइते

केन्द्रबिन्दु
0
Shares

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा २ जनाकाे मृत्यु भएकाे छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा अन्य थप ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जनाकारी दिए ।

गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा निसीखोला-७ राजकुतका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो । साथै घाइतेहरूकाे अवस्था सामान्य भएकाेले उनीहरू स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन्  ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी हवारीका अनुसार मेलामा झगडा भएपछि उनीहरुलाई भीरबाट धकेलिएको स्थानीयहरूले बताएका छन् ।

यसअघि धेरै जना सम्पर्कविहीन भएका थिए तर, राति अबेर सबैजना सम्पर्कमा आइसकेको उनले बताए । २ जनाबाहेक कसैकाे हताहती नभएकाे बताए, 'प्रारम्भिक अनुसन्धानमा हेर्दा पूर्वनिर्धारित कुनै योजना नभई एउटा समूहकी महिलालाई अर्को समूहका युवाले रङ लगाउन खोज्दा घटना भएको देखिन्छ ।'

बडीगाड-१० दर्लिङका युवाहरू होली मनाउने र बनभोज पनि खाने गरी जम्मा भएका बेला अर्को क्षेत्रबाट गएका युवाहरूले महिलालाई रङ लगाउन खोज्दा घटना भएको उनले बताए।

अहिले प्रहरीले घटनामा संलग्न दुबै वडाका युवासँग सोधपुछ गरिरहेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हवारीले जानकारी दिए। अहिले जिल्ला र इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट घटनास्थलमा उल्लेख्य प्रहरी परिचालन गरी शंकास्पदहरूलाई निगरानीमा  राखिसकिएकाे छ । अब छिटै पक्राउ परी थप अनुसन्धान थालिने सूचना अधिकारी हवारीले बताए । 

 

Logo