त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ


त्रिभुवन विमानस्थलबाट करिब आधा किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

दुवइ उडानद्वारा दुवईबाट काठमाडौं आगमन भएका यात्रु सिन्धुपाल्चोकका विष्णुबहादुर भण्डारीलाई सुनकाे बाला र विस्कुट आकारको सुनको चार टुक्रासहित पक्रेकाे हाे।

लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा भन्सार कार्यालय र विमानस्थल प्रहरीले निजलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान सुरु गरिकाे प्रहरीले जनाएकाे छ । उक्त सुनकाे तौल ५१६.७२ ग्राम रहेकाे प्रहरीले जनाएकाे छ।

निजलाई नियन्त्रणमा लिई भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुझाएको प्रहरीले जनाएकाे छ।

Logo