स्थानीय तहद्वारा विपद व्यवस्थापन सीप हस्तान्तरण

स्थानीय तहद्वारा विपद व्यवस्थापन सीप हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय पुननिर्माण प्राधिकरणले आफ्नो समयावधी सकिन लाग्दा स्थानीय तहहरुलाई विपद व्यवस्थापनसम्बन्धी सीप हस्तान्तरण गर्न थालेको छ । विपद व्यवस्थापनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्थानीय तहहरुलाई सक्षम बनाउने उद्देश्यले कार्यशाला सञ्चालन गरी सीप हस्तान्तरण गरेको हो । 

ललितपुरमा शुक्रबार सम्पन्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी तीन दिने कार्यशाला गोष्ठीमा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधिहरुले प्रशिक्षणमा पाएको ज्ञानले आफ्नो क्षेत्रमा आइपर्ने विपदको व्यवस्थापन गर्न सजिलो हुने बताएका हुन् । कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले स्थानीयस्तरमा विपद व्यवस्थापन गर्न बजेट अभाव हुने भएपनि स्थानीय श्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोग गर्दै आएको बताएका छन् । यस्तै केही नीतिगत कुराहरुमा पनि स्पष्ट हुने मौका पाएको जनप्रतिनिधिहरुले बताएका छन् ।

पुननिर्माण प्राधिकरणले दिएको प्रशिक्षण प्राकृतिक विपदको व्यवस्थापन, मानव सृजित विपदको व्यवस्थापन र सङ्कट व्यवस्थापन समेतलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सहयोग पुग्नेछ । प्राधिकरणले विभिन्न चरणमा ५९ वटा कार्यशाला सञ्चालन गरेको छ । हरेक स्थानीय तहमा विपद व्यवस्थापन समिति हुने संवैधानिक व्यवस्था पनि रहेको छ ।

Skip This
Skip This
Logo