नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४ जना पुगेको छ। आज ४६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
आज देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६०८ जना रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ।
आज ५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको छ। नेपालमा हालसम्म २३ लाख २१ हजार ६७० जनाको पीसीआर परीक्षण गरिएको छ।





























प्रतिक्रिया