स्वास्थ्य मन्त्रालयद्वारा १४ जिल्ला अति प्रभावित घोषित, सतर्कता अपनाउन आग्रह

स्वास्थ्य मन्त्रालयद्वारा १४ जिल्ला अति प्रभावित घोषित, सतर्कता अपनाउन आग्रह


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। आज एक विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

मन्त्रालयले अति प्रभावित भनेर १४ जिल्लाको नामसमेत सार्वजनिक गरेको छ। जस मध्ये काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ छन् । यस जिल्लामा विद्यालयमा सहभागी नहुन र हुनु परे स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गराउन मन्त्रालयले अनुरोध गरेको छ। 

मन्त्रालयले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार भूमिका खेल्न अनुरोध गरेको छ।

Logo