बुटवलमा हत्या गरी शव पुर्‍याइयो बागलुङ

बुटवलमा हत्या गरी शव पुर्‍याइयो बागलुङ

केन्द्रबिन्दु
0
Shares

बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाममा भेटिएकाे शव त्यहाँ हत्या नभई बुटवलमा हत्या गरी लुकाउन अपराधीले त्यहाँ पुर्‍याएकाे प्रहरीले जनाएकाे छ । 

प्रहरीका अनुसार वेवारिसे शवका विषयमा सबैतिर जानकारी गराउँदा बुटवलबाट एक युवक चैत्र ४ गतेदेखि हराएको सूचना बागलुङ प्रहरीमा आएपछि अनुसन्धानको दायरा साँघुरिँदै आयो ।

बुटवलमा हराएको युवाका आफन्त बिहीबार बागलुङ पुगेपछि अन्ततः शवको पहिचान खुलेकाे हाे । ढोरपाटन–२ रिनाममा गाडिएको अवस्थामा फेला परेको शव नवलपरासी जिल्लाको देवचुली नगरपालिका–३ केवरानीका नारायण बस्यालको रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

बुटवलमा व्यवसाय गर्दै आएका बसेल चैत ४ गते रातिदेखि सम्पर्कविहीन भएको थियो । प्रहरका अनुसार प्रारम्भिक अनुसन्धानबाट बुटवलमा हत्या गरी शव लुकाउन बागलुङ ल्याएको देखिन्छ ।  

बुटवलबाट बसको डिक्कीमा सुटकेसभित्र शव राखेर बागलुङको ढोरपाटन पुर्‍याइएकाे अनुसन्धानबाट खुलेकाे र प्रहरी अपराधी नजिक पुगेकाे बताइएकाे छ । 

Skip This
Skip This
Logo