तान्त्रिक कामको एक महिलाकाे हत्या गरी औलाहरू बेच्ने संंगठित गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएकाे छ ।
तान्त्रिक कामको लागि मानिसको औंलाहरू चाहिने र औंला काटेर ल्याएमा प्रति औंला ८० लाखसम्म बिक्री हुने भन्दै संगठीत गिरोहले रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-५ की सरजहा दर्जीको हत्या गरेको प्रहरीले जनाएको छ ।
गत चैत २० गते कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ६ स्थित बेतिया नदिमा एक महिलाको शव हत्या गरि फालेको अवस्थामा फेला परेको थियो।
उक्त हत्याकाे अनुसन्धानकाे क्रममा २ हप्तापछि प्रहरीले अपराधी पत्ता लगाएकाे हाे । प्रहरीका अनुसार दर्जीको कपिलवस्तुको महाराजगञ्जमा विवाह भए पनि श्रीमानको मृत्यु भएपछि विगत १२/१३ वर्षदेखि माईतीमा बस्दै आएकी थिइन् ।
लामो समयदेखि चिनजान भएकाे कपिलवस्तुको शुद्धोधन गाउँपालिका २ नन्दनगरका अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमाने गत चैत १२ गते दर्जीलाई फोन गरी शुद्धोधन वडा नं. ३ हर्दिहवा बोलाए ।
पुरानै चिनजान भएका व्यक्तिहरुले बोलाएपछि उनी हर्दिहवा गईन्। त्यहाँ पुग्दा साँझ पर्दै थियो । त्यही गफ गरिरहेकाे अवस्थामा दुई जना मिलेर उनकाे घाँटी थिचेर मारेकाे र उनिहरुले दुवै हातका दशवटै औंला काटेर लगेपछि शवलाई बोरामा हालेर खोलामा नतैरियोस् भनी ढुंगा समेत राखेर फालिदिएकाे अवस्थामा प्रहरीले बरामद गरेकाे थियो ।
उक्त घटनामा संलग्न अभियोगमा ३९ वर्षिय अव्दुल कलाम मुसलमान र ४५ वर्षिय बेलाल अहमद मुसलमानसँगै शुद्धोधन ५ का ५५ वर्षिय रामहरव यादव, रूपन्देही सैनामैना नगरपालिका वडा नं १ बनकट्टाका ६७ वर्षिय कर्ण बहादुर सुनार र नवलपरासीको मध्यविन्दु नगरपालिका ७ घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ९ शिबनगर डेरा गरी बस्ने ६७ वर्षिय खेम बहादुर मल्ललाई प्रहरीले पक्राउ गरेकाे हाे ।
प्रतिक्रिया