सङ्खुवासभामा पहिलो पटक कोरोना सङ्क्रमितको मृत्यु

सङ्खुवासभामा पहिलो पटक कोरोना सङ्क्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सङ्खुवासभा ।

कोरोना भाइरसको सङ्क्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका धर्मदेवी नगरपालिका–३ का ८० वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार अपराह्न १ बजे उनको मृत्यु भएको हो । उनी तीन दिनदेखि होम आइसोलेशनमा बसेका थिए । सङ्क्रमितको मृत्यु भएपछि स्थानीयवासी थप त्रसित बनेका छन् ।

Logo