पश्चिमी वायुको प्रभाव कायमै, हावाहुरीको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, हावाहुरीको सम्भावना

केन्द्रबिन्दु
0
Shares

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ।

देशको सूदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली र अन्य प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सूदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना पनि छ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही सूदुरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ।

सूदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

Skip This
Skip This
Logo