दुई डोज खोप लगाएका ग्राण्डी अस्पतालका डाक्टरलाई कोरोना संक्रमण

दुई डोज खोप लगाएका ग्राण्डी अस्पतालका डाक्टरलाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसविरुद्ध दुई डोज खोप लगाएका ग्राण्डी अस्पतालका डाक्टरलाई कोरोना संक्रमण भएको छ । 

शुक्रबार स्वाव परीक्षण गराउँदा ग्राण्डीका रक्तसंचार विशेषज्ञ डा विपिन नेपाललाई कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएपछि डा. नेपाल आफ्नै घरमा आइसोलेसनमा छन् ।  

अस्पतालका अनुसार डा. नेपालले गत माघमा अक्सफोर्डको कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज लगाएका थिए । गत बुधबार मात्र उनले कोभिशिल्डको दोस्रो डोज लगाएका थिए । 

दुई डोज खोप लगाएका डाक्टरलाई कोरोना संक्रमण देखिएपछि  खोपले मात्र संक्रमण शतप्रतिशत नियन्त्रण नहुने पुष्टि भएको छ । खोप लिइसकेका व्यक्तिहरुले पनि हेलचेक्याईं नगरि पूर्णरुपमा स्वास्थ्य सतर्कता उपाय अपनाउन सुझाएका छन् ।

Logo